गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, १२ घाइते
गोरखा, असार ८ । गोरखामा गएराति यात्रु बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
दुर्घटनामा चार पुरुष र एक महिलाको मृत्यु भएको छ भने १२ जना घाइते भएको गोरखाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।
०१-०२३च ४४ २७ नंको जीप दुलही बोकेर गएराति शहीद लखन–३ बाट शहीद लखन–५ तर्फ फर्कदै गरेको थियो । घटनालगत्तै जिल्लाका डिएसपी लामिछानेको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।
अहिले प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् । मृतकको परिचय खुल्न नसकेको डिएसपी लामिछानेले बताए । जीप सडकबाट करिब २ सय मिटर तल खसेको बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८० १०:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय