अपराध
विवाह मण्डपबाटै बेहुला पक्राउ परेपछि
गौरादह नगरपालिका-२ झापाकी एक युवतीसँग विवाह गरी अन्माउने बेलामा प्रहरी पुगेको थियो । बेहुला पक्राउ परेपछि भने जन्तीको बिचल्ली भएको थियो
झापा, असार ८ । जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने एक जनालाई प्रहरीले झापाको गौरादहबाट पक्राउ लिएको छ । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका-१९ का साजन चौधरी रहेका इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
गौरादह नगरपालिका-२ झापाकी एक युवतीसँग विवाह गरी अन्माउने बेलामा प्रहरी पुगेको थियो । जेठी श्रीमतीको उजुरीका आधारमा चौधरीलाई हिजो बिहीवार विवाह मण्डपबाट नै पक्राउ गरेको प्रहरीले जनाएको छ । बेहुला पक्राउ परेपछि भने जन्तीको बिचल्ली भएको थियो ।
पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोजकुमार लामाले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८० १५:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय