समाज दर्पण
नेपाल एअरलाइन्सका २ जना पाइलट निलम्बित
निलम्बमा परेका पाइलटलाई ए ३३० मापदण्ड ‘अपरेटिङ प्रोसिड्युर’ पालना नगरेकाले निलम्बन गरिएको हो
काठमाडौं, असार ८ । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० ले नेपाल एअरलाइन्सका २ जना पाइलटलाई निलम्बन गरेको छ ।
काठमाण्डौ - नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लङ्घन गरेको पाइएकाले उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार निलम्बमा परेका पाइलटलाई ए ३३० मापदण्ड ‘अपरेटिङ प्रोसिड्युर’ पालना नगरेकाले निलम्बन गरिएको हो । प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि उडान सेवाबाट निलम्बन गरेको बताए पनि निलम्बनमा परेका २ पाइलट को-को हुन् भन्ने खुलाएको छैन ।
प्रकाशित मिति: शुक्रबार, असार ८, २०८० १८:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय