Kath khabar
नेदरल्यान्ड्सलाई नेपालले दियो १६८ रनको लक्ष्य

 

                काठमाडौं, असार ९ । आईसीसी एकदिवसीय विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६८ रनको लक्ष्य दिएको छ ।

जिम्बावेको ताकाशिंगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले ४३.३ ओभरमा अलआउट हुँदै १६७ रन जोड्यो ।

नेपालका लागि कप्तान रोहितले ५५ बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ३३ रन जोडे। यस्तै, ओपनर कुशल भुर्तेल २७ तथा भीम सार्की २२ रन जोडेर आउट भए ।

१३ औं ओभरको अन्तिम बलमा सन्दीपले विक्रमजितलाई ३० रनमा एलबीडब्लू आउट गरे । उनले ४३ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

नेपालले सुपर सिक्समा स्थान बनाउन आजको खेल जित्नै पर्ने दबाब छ।

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update