काठमाडौं, असार १० । भिभो, एक अग्रणी टेक्नोलोजी ब्रान्डले आफ्नो वाई सिरिज अन्तर्गत उच्च–प्रतीक्षित नयाँ स्मार्टफोन वाई३६ नेपाली बजारमा सार्वजनिक गर्ने घोषणा गरेको छ ।
वाई ३६ आकर्षक डिजाइन, शक्तिशाली प्रदर्शन तथा एडभान्स क्यामेरा क्षमता विशेषता भएको एक उत्कृष्ट स्मार्टफोन हो । यो स्मार्टफोनमा प्रिमियम क्रिस्टल ग्लास, ४४ वाट फ्ल्यासचार्ज, ५००० एमएएच ब्याट्री, ८ जीवी + ८ जीवी एक्सटेन्डेड र्याम, र ५० एमपी एचडी मुख्य क्यामेरा रहेको छ जसले यो स्मार्टफोनलाई अन्य स्मार्टफोन भन्दा अलग बनाउँछ । यी सबै विशेषताहरुले वाई ३६ लाई सामूहिक रूपमा नवीनताको वास्तविक प्रतिनिधित्व बनाउँछ, र यसको आकर्षक डिजाइन नै उच्च शिल्प कौशलको प्रमाण हो जसको लागि बजारमा भिभो परिचित छ ।
भिभो वाई ३६ स्मार्टफोनमा रमाइलो र औपचारिक तत्वहरू मिलेर एक प्रभावशाली डिजाइन बनेको छ । यसको आकर्षक डिजाइन र विशेषताहरुले गर्दा स्टाइल र प्रोफेशनल दुवै पक्षलाई हेर्ने व्यक्तिहरूको लागि एक आदर्श विकल्प बनेको छ । वाई ३६ मा भएको प्रिमियम क्रिस्टल ग्लासले उपकरणलाई स्पर्श गर्दा सुन्दर महसुस हुन्छ । वाई ३६ मा भएको गोल्डेन रिपल प्रक्रियाले ग्लासको पछाडि एक मंत्रमुग्ध रिपल इफेक्ट थप्छ जसले गतिशील र आकर्षक दृश्य अनुभव सिर्जना गर्दछ । २.५ डी फ्ल्याट फ्रेमले डिस्प्ले र बडीलाई निर्बाध रूपमा एकीकृत गर्दछ, जसले उपकरणको समग्र प्रिमियम लुकलाई वृद्धि गर्ने पातलो र सिमलेस डिजाइन प्रदान गर्दछ ।
अन्तमा, फेन्टासी फ्रेमले रमाइलो तत्वहरु समावेश गर्ने हुँदा यसले वाई३६ लाई अद्वितीय र आकर्षक डिजाइनको साथ अन्य भन्दा अलग बनाउँछ ।
“भिभोका वाई सिरिजमा उल्लेखनीय उपलब्धीहरू भइरहेको छ किनकि भिभोले उपभोक्ताको मागहरू पूरा गर्न प्राविधिक विकासहरूलाई निरन्तरता दिइरहेको छ । नयाँ स्मार्टफोन वाई३६ मा पनि उल्लेखनीय विशेषताहरु छन् । हालै सार्वजनिक भएको स्मार्टफोनमा आकर्षक डिजाइनका साथै उत्कृष्ट तस्वीरहरू खिच्न सक्ने क्षमता पनि छ । वाई ३६ को उत्कृष्ट क्यामरा क्षमताबाट प्रयोगकर्ताहरूले विशेष तथा सौन्दर्यका दृष्टिले मनमोहक क्षणहरू सजिलैसँग खिच्न मद्दत पुग्छ । सधैं झैं, भिभो आफ्ना प्रयोगकर्ताहरूको निरन्तर विकसित भइरहेका आवश्यकताहरू पूरा गर्न प्रदर्शन सुधार गर्न र अत्याधुनिक प्रविधि प्रदान गर्न समर्पित रहन्छ” भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकल भन्नुहुन्छ ।
वाई ३६ मा शक्तिशाली ४४ वाट फ्ल्यासचार्ज टेक्नोलोजी रहेको छ । जसमार्फत स्मार्टफोनलाई छिटो र प्रभावकारी रूपमा चार्ज गर्न साथै डाउनटाइमलाई न्यून गर्दै र उत्पादकता बढाउन सकिन्छ । यसका साथै, वाई३६ को प्रभावशाली ५००० एमएएच ब्याट्रीले विस्तारित उपयोग समय प्रदान गर्दछ जसले चार्ज गरि राख्नु पर्ने झन्झटबाट मुक्त गराउँछ ।
४४ वाट फ्ल्यासचार्ज टेक्नोलोजी र उच्च क्षमताको ब्याट्रीको यो शक्तिशाली संयोजनले तपाइँले तपाइँको वाई३६ स्मार्टफोनमा कुनै अवरोध बिना नै थप कार्यहरू पूरा गर्न सक्नुहुन्छ तथा सिमलेस र प्रभावकारी मोबाइल अनुभव प्रदान गर्न सक्नुहुन्छ । यसबाहेक, वाई३६ को एडभान्स ८ जीवी + ८ जीवी विस्तारित र्यामले सहज र निर्बाध अनुभव प्रदान गर्दछ । भिभो वाई३६ मा शक्तिशाली क्वालकम स्न्यापड्रेगन ६८० प्रोसेसर रहेको छ जसले प्रयोगकर्ताका लागि सहज र प्रभावकारी कार्यसम्पादन सुनिश्चित गर्दछ । यसको उच्च प्रदर्शन गर्ने सीपीयू र एडभान्स जीपीयूको साथ, यसले द्रुत मल्टिटास्किङ, प्रतिक्रियाशील गेमिङ, र स्विफ्ट एप लन्चहरू प्रदान गर्दछ । स्न्यापड्रेगन ६८० प्रोसेसरले स्मार्टफोनको समग्र कार्यसम्पादनलाई बढाउँछ र यसलाई पावर र स्पीड खोज्ने प्रयोगकर्ताहरूका लागि उत्कृष्ट विकल्प बनाउँछ ।
भिभो वाई ३६ ले क्यामेरा प्रणालीमार्फत प्रभाव पार्छ । ५० एमपी एचडी मुख्य क्यामेराको साथ, प्रयोगकर्ताहरूले स्पष्ट र जीवन्त तस्वीरहरु खिच्न सक्छन् । यस स्मार्टफोनमा २ एमपी बोकेह क्यामेरा पनि छ, जुन फिल्ड इफेक्टका मनमोहक गहिराइका साथै पोट्र्रेट शटहरू खिच्नका लागि उपयुक्त छ । सेल्फीका लागी १६एमपी एचडी फ्रन्ट पोट्र्रेट क्यामेराले क्रिस्टल–क्लियर सेल्फ– पोट्र्रेट सुनिश्चित गर्दछ । यसका साथै, वाई३६ले एक अद्वितीय डबल एक्सपोजर सुविधा प्रदान गर्दछ, जसले तपाईंको फोटोग्राफीमा कलात्मक स्वाद थप्छ । चाहे तपाईं प्रोफेशनल होस् वा फोटो खिच्न शौखिन, वाई३६ को क्यामेरा प्रणालीले तपाईँका अपेक्षाहरू पुरा गर्न एक अनुपम फोटोग्राफी अनुभव प्रदान गर्दछ ।
वाई ३६ दुईवटा आकर्षक कलर भेरियन्टहरू – भाइब्रन्ट गोल्ड र मिटियर ब्ल्याक कलरमा मा उपलब्ध हुनेछ जसको मुल्य २८ हजार नौं सय ९९ रुपैंयाँ रहेको छ। नेपालमा प्रि–बुकिङको लागि उपलब्ध रहेको यस स्मार्टफोनलाई ग्राहकहरुले २५ तारिख देखि २७ तारिखसम्म नजिकैको रिटेल पसलहरुबाट प्रि–बुकिङ गर्न सक्नेछन् । नेपाली बजारमा भने यो स्मार्टफोन २८ तारिखबाट बिक्रीका लागि उपलब्ध हुनेछ ।
यस फोनबारे थप जानकारीका लागि तपाईंले भिभो नेपालको आधिकारिक सामाजिक सञ्जाल वा वेबसाइट पनि हेर्न सकिने कम्पनीले जानकारी दिएको छ ।