काठमाडौं, असार १० । नेप्सेमा हरियाली देखिएको छ । आज आइतबार नेप्से ६२ दशमलव २१ अंकले बढेर २१ सय १७ दशमलव ७३ अंकमा पुग्न सफल भएको छ ।
यसैगरी सेन्सिटिभ पनि नौं दशमलव ६४ अंकले बढेर तीन सय ९५ दशमलव ४५ अंकमा पुग्न सफल भएको छ । आज नेप्सेमा दुई सय ७५ वटा कम्पनीहरुको ९० हजार दुई सय ४९ पटकको कारोबारमा एक करोड ४७ लाख ५१ हजार दुई सय ४७ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधार आज कारोबार रकम छ अर्ब ४९ करोड चार लाख १२ हजार छ सय ६५ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ सहितका सबै समुहहरूको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी, बीपी डब्लु लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने शुभम् पावर लिमिटेड, एनआईबिएल ग्रोथ फण्ड, शुभम् पावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम् सिमेन्ट, सोल्टी होटल लिमिटेड आदि परेका छन् ।