Kath khabar
पुरुषको पेटभित्र ट्युमर भनेर शल्यक्रिया गर्दा भेटिए जुम्ल्याहा बच्चा

 

                 नागपुर, असार १० । संसारमा कतिपय घटनाहरु यस्ता घट्छन् कि त्यसको जवाफ विज्ञानले पनि दिन सक्दैन । भारतको महाराष्ट्रस्थित नागपुरका एक व्यक्तिले सबैलाई चकित पारेको घटना सार्वजनिक भएको छ ।

डेली स्टारको रिपोर्ट अनुसार भारतको नागपुर निवासी सञ्जु भगत नाम गरेका एक पुरुष गर्भवती भएको कुरा बाहिर आएको छ । उनको बाल्यकाल देखि नै पेट सामान्य बच्चाहरूको तुलनामा फुलेको थियो । यो देखेर मानिसहरु अनौठो नजरले उनलाई हेर्ने गर्थे तर पेट भित्र साँच्चै बच्चाहरु छन् भन्ने कसैले सोचेका थिएनन् ।  तर बिस्तारै जब यो बढ्दै गयो, परिवारका सदस्यहरूले चिन्ता गर्न थाले।

सुरुमा त पेट फुलेको देखेर भगतलाई अनौठो लाग्थ्यो तर सन् १९९९ को जुन महिनामा उनको पेट अचानक दुख्न थाल्यो, पेट यति धेरै फुल्यो कि सास फेर्न समेत गाह्रो हुन थाल्यो । अन्ततः उनलाई अस्पतालमा भर्ना गरियो । उनको बढेको पेटमा ट्युमर भएको चिकित्सकहरुले आशंका गरेका थिए । तर चिकित्सकहरुले शल्यक्रिया गर्ने क्रममा यो फेला पारे कि भगत ले ३६ वर्षसम्म गर्भमा अवशोषित गरेको जुम्ल्याहा बच्चा बोकिरहेका थिए ।

चिकित्सकले भगतको पेटमा मानिसजस्तै आकार देखे । जब उसले भित्र हात हाले उनले हड्डीहरू भेटे। हिस्ट्री डिफाइन्ड अनुसार त्यसपछि खुट्टा बाहिर निस्कियो, त्यसपछि कपाल, हात, बङ्गारा सबै बाहिर निस्कन थाल्यो । यो घटनाले डाक्टरहरु स्तब्ध भए ।

यस घटनामा चिकित्सकहरूले सञ्जु आफै आमाको गर्भमा हुँदा यी बच्चाहरू उनको पेटमा आएको हुन सक्ने सम्भावना व्यक्त गरेका छन् । उनले यो केसलाई भ्यानिसिङ ट्विन सिन्ड्रोम भनेका छन्, यी जुम्ल्याहा बच्चाहरु गर्भावस्थामा आमाको पेटमा नै मरेको तर अन्त्य हुन नसकेको बताए । यो धेरै अनौठो र दुर्लभ घटना हो । पृथ्वीमा छ लाख मध्ये एकमा यस्तो देखिन सक्छ ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update