Kath khabar
जोख्नका लागि निकालियो पशुपतिनाथको जलहरी

 

                  काठमाडौं, असार १० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार पशुपतिनाथ मन्दिरको जलहरी जोख्नका लागि निकालेको छ।

जलहरीलाई कपडाले छोपेर मन्दिर परिसरमा जोख्ने काम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गरिरहेको छ। करिव एक क्वीन्टलको जलहरी विभिन्न भाग मिलाएर जडान गरेकाले टुक्रा टुक्रा पारेर मात्रै निकाल्न सकिन्छ।

नापजाँचको दृश्य रेकर्डका लागि अख्तियारको टोलीले अस्थायी रुपमा सीसीटीभी क्यामेरा जडान गरेको छ । काठमाडौं महानगरपालिकाको वडाका प्रतिनिधि, प्रहरी वृत्त गौशालाको टोली, पशुपति क्षेत्र विकास कोष र पुजारीहरुलाई जोख्ने स्थलमा राखिएको छ ।

पशुपति मन्दिरमा राखिएको जलहरीमा प्रयोग भएको सुनको तौल र गुणस्तर कम भएको भन्दै परेको उजुरीमाथि छानबिन गरिरहेको अख्तियारले आइतबार सुनको जलहरी जोख्न लागेको हो ।

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  २१:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update