Kath khabar
खहरे खोलाले बगाउँदा बाबुको मृत्यु, छोरी बेपत्ता

 

                 गुल्मी, असार ११ ।  गुल्मीमा खहरे खोलाले बताउँदा १ जनाको मृत्यु भएको छ भने १ बेपत्ता भएका छन्। मालिका गाउँपालिका-२ दर्लिङस्थित खहरेले स्थानीय ४१ वर्षीय लिलबहादुर घर्ती र ८ वर्षकी बिन्दुलाई शनिबार राति बगाएको थियो।  उनीहरू बाबुछोरी हुन्।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बुवा लिलबहादुरको शव ८० मिटर तल भेटिएको छ भने छोरी बेपत्ता छिन्। बेपत्ताको खोजी भइरहेको बताइएको छ।

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १३:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update