Kath khabar
प्रतिनिधि सभामा एमाले र रास्वपाको अवरोध

 

                काठमाडौं, असार १२ ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा बैठकमा अवरोध गरेका छन् ।

एमाले र रास्वपाका सांसदले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने तयारी गरेको भन्दै प्रतिनिधि सभा बैठक शुरू हुने बित्तिकै उठेर विरोध गरेका हुन् ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले निर्वाचन कार्यालयलाई खारेज गरी प्रशासन कार्यालयमा गाभ्ने निर्णय लोकतन्त्र विरोधी भएको भन्दै सरकारलाई त्रुटि सच्याउन आग्रह गर्नुभयो । एमाले सांसद सूर्य थापाले सरकारले यो विषयलाई सच्याउनु पर्ने भन्दै विरोध जनाउनु भएको छ ।

सभामुख देवराज घिमिरेले बजेटको मन्त्रालयको शीर्षक माथि उठेका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको र त्यस क्रममा जवाफ आउने बताए पनि उनीहरुले अवरोधलाई निरन्तरता दिएका छन् । आजको बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले बोल्ने कार्यसूची छ । तर अवरोध भएकाले प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।
 

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update