काठमाडौं, असार १२ । नेप्से उच्च अंकले बढेको छ । आज मंगलबार नेप्से ५६ दशमलव ९४ अंकले बढेर २१ सय ८६ दशमलव ३६ अंकमा पुग्न सफल भएको छ ।
यसैगरी सेन्सिटिभ १३ दशमलव ४० अंकले बढेर चार सय १२ दशमलव ५१ अंकमा पुग्न सफल भएको छ । नेप्सेमा आज दुई सय ७५ वटा कम्पनीहरुको ८० हजार तीन सय ९८ पटकको कारोबारमा एक करोड ३१ लाख सात हजार ८० कित्ता शेयर खरिद बिक्री भएका छन् । सो अनुसार आज कुल कारोबार रकम पाँच अर्ब ४७ करोड ६२ लाख ८७ हजार सात सय ४० रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा, जलविद्युत, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामूहिक लगानी कोष र अन्य सहितका १० वटा समुहहरूको सूचक बढेका छन् भने निर्जीवन बीमा, उत्पादनमूलक र ट्रेडिङ समुहको सूचक घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी, ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने सिक्लेस हाईड्रोपावर कम्पनी, इष्टर्न हाइड्रो पावर लिमिटेड, शुभम् पावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने स्वावलम्बन लघुवित्त वित्तीय संस्था, सोल्टी होटल लिमिटेड, शिवम् सिमेन्ट आदि परेका छन् ।