काठमाडौं, असार १३ । काठमाडौं महानगरपालिका वडा नं. १ नक्सालस्थित लिसरा रिसेप्सन पार्टी प्यालेसमा बिवाह हुँदै गर्दा बेहुला पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अमेरिकाको ग्रीन कार्ड प्राप्त भएका सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ६ स्थायी घर भई हाल काठमाडौं-१३ ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियार रहेका छन् ।
५० लाख रुपैयाँ दाइजो नपाएको भन्दै उनले मण्डपमा रहेकी बेहुलीलाई समेत हातपात गरेका थिए । रौनियारले विवाह गर्ने भए ५०,००,०००।– (पचास लाख रुपैयाँ) दिनु पर्ने माग समेत गरेका थिए ।
उक्त घटनाको सम्बन्धमा प्रकरण (क) मा उल्लेखित पक्राउमा परेको व्यक्ती अनुराग रौनियार उपर बिवाह सम्बन्धी कसूर मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट दिन – ५ को म्यादथप अनुमति लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।