Kath khabar
रवि लामिछानेको योग्यता सम्बन्धी रिट सर्वोच्चको संवैधानिक इजलासमा

 

            काठमाडौं, असार १३ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पदको योग्यता सम्बन्धी रिट सर्वोच्चको संवैधानिक इजलासमा परेको छ । संविधानकै विषयमा प्रश्न उठाउँदै युवराज पौडेल सफलले दायर गरेको रिट पहिलो पटक संवैधानिक इजलासमा परेको हो । यसअघि, एकल र संयुक्त इजलासमा सुनुवाइ भएको थियो ।

निर्वाचन आयोग कान्तिपथ विरुद्ध भनिएको उक्त रिटमा लामिछानले पुनः लिएको नागरिकता समेत प्रक्रियासंगत नभएको भन्दै उनी सांसद पदका लागि अयोग्य रहेको दाबी गरिएको छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृतवमा रहेको संवैधानिक इजलासमा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, डा. आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्ल छन् ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update