Kath khabar
ललिता निवास प्रकरण : आरोपीलाई म्याद थप गर्न सरकारी वकिलको कार्यालय लगिँदै

 

                 काठमाडौं, असार १३ ।  बालुवाटार जग्गा  प्रकरणमा पक्राउ परेका चार जनालाई म्याद थप गर्न बुधबार अदालत लगिएको छ। म्याद थपका लागि सरकारी वकिलको कार्यालयमा अहिले आरोपीहरू र मिसिल लगिएको छ।

सरकारी वकिलको कार्यालयबाट उनीहरूलाई काठमाडौं जिल्ला अदालत लगिएको छ। केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार ७ जनालाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरूङ, पूर्वनिर्वाचन आयोगका आयुक्त सुधीर कुमार शाह, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू धर्म प्रसाद गौतम, सुरेन्द्र मान कपाली, भूपेन्द्र मणि केसी र गोपाल कार्की छन्। 

सो प्रकरणमा अदालतबाट 'स्टे अर्डर' लिएका ३ जना कर्मचारीलाई भने केन्द्रीय अनुसन्धान ब्युरोले कागज गराएर छाडेको थियो।  

'स्टे अर्डर' लिएका ३ जना कर्मचारीहरुमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, कर्मचारीहरू सुरेन्द्रमान कपाली र भूपेन्द्रमणि केसीलाई छाडिएको हो।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update