काठमाडौं, असार १३ । नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज बुधबार भने ३५ दशमलव ३७ अंकले घटेर २१ सय ५० दशमलव ९९ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव ७६ अंकले घटेर चार सय दुई दशमलव ७५ अंकमा सीमित भएको छ ।
नेप्सेमा आज दुई सय ८० वटा कम्पनीहरुको ८२ हजार तीन सय ५९ पटकको कारोबारमा एक करोड ३३ लाख ४२ हजार नौं सय ९६ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम रकम पाँच अर्ब ९७ करोड २२ लाख ८६ हजार चार सय ८१ रुपैयाँ ४५ पैसा कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा जीवन बीमा समुहको सूचक बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स जलविद्युत, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सूचक पनि उच्च अंकले घटेर रातै भएको छ ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज बिपीडब्लु लघुवित्त वित्तीय संस्था, सिटी होटल लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने एनआईबिएल प्रगति फण्ड, हिमालयन हाइड्रोपावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी, शिवम् सिमेन्ट आदि परेका छन् ।