Kath khabar
रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिट सर्वोच्चद्वारा खारेज

 

              काठमाडौं, असार १३ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै दायर रिट सर्वोच्च अदालतले खारेज गरेको छ । 

बुधवार प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्ल सहितको संवैधानिक इजलासले रिट निवेदन खारेज गरेको हो । 

अधिवक्ता युवराज सफल पौडेलले गएको जेठ १० गते निर्वाचन आयोग सहितलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए । राहदानी दुरुपयोग लगायतका विषय उठाउँदै रिट निवेदनमा रवि लामिछाने सांसद बन्न अयोग्य रहेको दाबी गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, असार १३, २०८०  १८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update