काठमाडौं, असार १५ । आज असार १५ अर्थात राष्ट्रिय धान दिवस । रोपाईं गरेर राष्ट्रिय धान दिवस मनाईंदै छ ।
नेपालमा वि.सं. २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । धान दिवसका अवसरमा किसानहरु रोपाईंमा रमाउँदै छन् । मानो रोपेर मुरी उब्जाउने दिनका रुपमा किसानहरु धान दिवसमा रोपाईंमा रमाउन लागेका हुन् । असार १५ लाई दही च्युरा खाने दिनका रुपमा लिइन्छ ।
हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ। शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ। यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ।
सबै खेतीयोग्य जमिनमा सिंचाइको सुविधा नहुँदा तथा काम गर्ने युवा जनशक्ति विदेश जाने क्रम बढ्दा कृषिप्रधान मुलुक चामलमा परनिर्भर बन्दै गएको छ । नेपालमा मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा धान खेती हुने गरेको छ ।