1688108804.png)
काठमाडौं, असार १५ । नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र “प्रेम गीत ३” डिशहोममा एक्सक्लुसिभ प्रर्दशन हुने भएको छ ।
विभिन्न कारणवश हल सम्म गएर यो चलचित्र हेर्न छुटाउनुभएका दर्शकहरुले अव डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ हेर्न सक्नुहुनेछ ।
“प्रेम गीत ३” यहि असार १५ गते सिनेमाघर च्यानल नं. १०८ मा प्रदर्शन हुँदैछ । सिनेमाघरमा दैनिक ८ शो बिहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० वजे प्रदर्शन हुनेछ । यस्तै डिशहोमको एक्सभिओडीमा पनि यो चलचित्र उपलब्ध हुनेछ ।
एक्सभिओडी एक्सभिओडीमा यो चलचित्र उपलब्ध भए पछि आफूले चाहेको समयमा खरिद गरेर हेर्न सकिने छ । एक्सभिओडी डिशहोमको सेटटप बक्समा उपलब्ध रहेका फिचर हो । यो चलाउनको लागि भने ग्राहकले आफ्नो सेटटप वक्समा वाईफाई डोङगल वा ल्यान केवल जोडेर इन्टरनेट जोड्नुपर्ने हुन्छ ।
डिशहोममा उपलब्ध यो सेवाले नेपाली चलचित्रहरु सपरिवार तथा आफूले चाहेको समयमा हेर्न सकिने भएको कारण नेपाली चलचित्र प्रति दर्शकहरुको चासो र माया बढ्नुका साथै नेपाली चलचित्रको विकासमा समेत टेवा पुग्नेमा कम्पनीले विश्वास लिएको छ ।