Kath khabar
कालीगण्डकी करिडोर पहिरोको कारण अवरुद्ध

 

                काठमाडौं, असार १५ ।  गए रातिदेखि परिरहेको अविरल वर्षाले कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ।

करिडोरअन्तर्गत पाल्पाको रम्भा गाउँपालिका २ र ३ को सिमानामा रहेको सहर्दीखोला पुल नजिकै पहिरो खसेपछि बिहान ५ बजेदेखि सडक अवरुद्ध भएको हो।

करिडोरको रामपुर पिपलडाँडा हुँदै तानसेन, बुटवल, नारायणगढ लगायत स्थानमा पुग्ने सवारीसाधन बीचमै रोकिएका छन्। सडकमाथिबाट पहिरो खस्ने क्रम जारी छ।

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update