समाज दर्पण
४ जनाको टोली मुर्रा राँगा लिन भारत जाँदै
मुर्रा राँगा लिन जाने टोलीमा टोलीमा पशु सेवा विभागकी महानिर्देशक सहित राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा, पशु प्रजनन केन्द्र लहान, र क्वारेन्टाइन शाखाका प्रमुख छन्
काठमाडौं, असार १५ । अनुदानमा पाएको मुर्रा राँगा लिन नेपालबाट ४ जनाको टोली भारत जाने भएको छ।
पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले मुर्रा राँगा लिन असार अन्तिमतिर ४ जनाको टोली भारत जान लागेको जानकारी दिए। ‘मिति तय भइसकेको छैन। सायद यही महिनाको अन्तिमतिर जानुहुन्छ होला। मनोनयनको प्रक्रिया टुंगिसकेको छ,’ ढकालले भने।
मुर्रा राँगा लिन जाने टोलीमा टोलीमा पशु सेवा विभागकी महानिर्देशक सहित राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा, पशु प्रजनन केन्द्र लहान, र क्वारेन्टाइन शाखाका प्रमुख छन्।
भारतले अनुदानमा दिने १५ वटा राँगालाई एकै लटमा नेपाल ल्याइने ढकालले बताए। भारत सरकारले सीमासम्म ल्याइदिने र त्यहाँबाट ल्याउने प्रबन्ध विभागले गरिरहेको उनले जनाए।
प्रकाशित मिति: शुक्रबार, असार १५, २०८० १७:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय