काठमाडौं, असार १७ । आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ ।
हरारेको ताकाशिंगा स्पोर्ट्स क्लबमा खेल नेपाली समय अनुसार दिउँसो १२:४५ बजे सुरु हुनेछ । सुपर सिक्समा पुग्न नसकेका नेपाल र यूएईबीच सातौँ स्थानको लागि खेल हुन लागेको हो ।
शुक्रबार भएको पहिलो प्लेअफ खेलमा अमेरिकालाई पराजित गरी आयरल्यान्डले यो खेलको विजेतासँग भेट पक्का गरेको हो । नेपाल युएईलाई हराउँदै टेस्ट टोली आयरल्यान्डसँग प्रतिस्पर्धा गर्न चाहन्छ । तर लगातार नेपालसँगको हारले टोलीमा व्यापक परिवर्तन गरेको युएईलाई विदेशी भूमिमा हराउन यो पटक सहज हुने छैन ।
यस खेलको विजेता टोलीले सातौं स्थानको लागि आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले नवौं स्थानको लागि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछन्।
नेपालको टोली :
रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।