राजनीति
प्रतनिधिसभाको बैठक ३ मिनेट बसेर १५ मिनेटका लागि स्थगित
“मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०” का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्न समय दिए । त्यसपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभयो ।

काठमाडौं, असार १७ । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रतिनिधि सभा बैठक आइतबार ३ मिनेट बसेर १५ मिनेटका लागि स्थगित भएको हो ।
साढे ११ बजे बैठक शुरु भएपछि पहिला सभामुख देवराज घिमिरेले आइतबारको बैठकमा शून्य समयको कार्यक्रम नरहेको जानकारी गराउँदै प्रतिनिधिसभाका सचिव पद्म पाण्डेलाई राष्ट्रियसभा राष्ट्रियसभामा उत्पत्ति भएको “मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०” का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्न समय दिए । त्यसपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गर्नुभयो ।
प्रकाशित मिति: आइतबार, असार १७, २०८० १२:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय