काठमाडौं, असार १७ । नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो दिन आज आइतबार नेप्से ५३ दशमलव ७० अंकले घटेर दुई हजार ९७ दशमलव २९ अंकमा सीमित भएको छ भने सेन्सिटिभ १२ दशमलव २३ अंकले घटेर तीन सय ९० दशमलव ५२ अंकमा सीमित भएको छ ।
आज नेप्सेमा दुई सय ८६ वटा कम्पनीहरुको ७४ हजार चार सय ४१ पटकको कारोबारमा एक करोड १३ लाख २३ हजार एक सय ८३ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम पाँच अर्ब आठ करोड १९ लाख ७६ हजार एक सय ७९ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ सहितका सबै समुहहरूको सूचक घटेर नेप्से पुरै रातो देखिएको छ ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये बीपी डब्लु लघुवित्त वित्तीय संस्था, अरुण कावेली पावर लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने सिर्जनशील लघुवित्त वित्तीय संस्था, शुभम् पावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी, नागरिक लगानी कोष आदि परेका छन् ।