Kath khabar
युएईले नेपाललाई दियो १ सय ८२ रनको लक्ष्य

 

             काठमाडौं, असार १७ । आईसीसी विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा युएईले नेपाललाई १८२ रनको लक्ष्य दिएको छ । तीव्र गतिका बलर करण केसी र स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै युएईले नेपाललाई मध्यम लक्ष्य दिएको हो ।

आज हरारेस्थित ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएई ४६.५ ओभरमा १८१ रन बनाउँदै अल आउट भएको हो ।

सन्दीपको १५ औं ओभरको अन्तिम बलमा अर्यांश शर्मा एज लागेर फस्ट स्लिपमा आरिफ शेखबाट २८ रनमा क्याच आउट भए । उनले ४३ बलमा ३ चौका प्रहार गरे । नेपालका लागि करण केसीले समान ३/३, प्रतिस जि.सी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिए ।

 

 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update