रोमानिया, असार ४ । युरोकप अन्तगर्त युक्रेनले पहिलो जित हात पारेको छ । आज भएको खेलमा युक्रेनले उत्तर मेसीडोनियामाथि दुई एक गोलको पुनरागमन जित हात पारेको हो । प्रतियोगिताको पहिलो खेलमा युक्रेनले नेदरल्याण्ड्ससँग तीन दुईको पराजय ब्येहोरेको थियो । बुक्रारेष्टमा भएको खेलको पहिलो हाफमै युक्रेनले अग्रता बनाएको थियो ।
२९ औँ मिनेटमा कपप्तान एन्ड्री यर्मोलेन्कोले गोल गरि युक्रेनको खाता खोल्नु भयो । त्यसको पाँच मिनेटपछि रोमन यारेमचुकले उहाँको पासमा शानदार गोल गरि युक्रेनको अग्रतालाई दोब्बर बनाउनु भयो ।
दोस्रो हाफमा केही सुधारिएको खेल पस्किए पनि मेसीडोनियाले बराबरी गोल फर्काउन सकेन । ५७ औँ मिनेटमा मेसीडोनियाले गोल गरि खेलमा फर्कन कोशिस गर्नुभएको थियो । कराइभले मेसीडोनीयाका कप्तान गोरान पाण्डेभलाई लडाएपछि पाएको पेनाल्टी पाएको थियो । जसमा इज्ग्वान एलिओस्कीले गरेको प्रहारलाई डिमिट्रीभ्स्कीले बचाएर रिबाउण्ड भएको बलमा उहाँले नै गोल गर्नुभएको हो। त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र युक्रेनले युरोपेली च्याम्पियनसिप २०२१ मा पहिलो जित हात पार्न सफल भएको हो ।
यो जित पछि समुह सीमा रहेको युक्रेनले तीन अंक जोड्न सफल भएको छ । साथै उसले नकआउट चरणमा पुग्ने सम्भावनालाई पनि जिवितै राखेको छ । यता मेसीडोेनियाले लगातार दोस्रो पराजय ब्येहोरेपनि अन्तिम १६ मा पुग्ने कायमै राखेको छ । युरोपेली च्याम्पियन सिपमा पहिलो पटक सहभागिता जनाएको मेसीडोनियाले अब समुह चरणको आफ्नो अन्तिम खेलमा नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । यता यक्रेनले अष्ट्रियासँग प्रतिस्पर्धा गर्नेछ ।