Kath khabar
आयरल्यान्डसँग हुन लागेको एकदिवसीय खेलमा नेपालले टस हार्यो

 

               काठमाडौं, असार १९ । जिम्बाब्वेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटको सातौं स्थानको लागि आज हुन लागेको आयरल्यान्डविरुद्धको खेलमा नेपालले टस हारेको छ । जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लब हरारेमा आयरल्यान्डले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो।

जिम्बाबेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटअन्तर्गतको सुपर सिक्समा पुग्न नसकेको नेपाली टोलीले आज सातौ स्थानका लागि टेस्ट राष्ट्र आयरल्याण्डसँग प्रतिष्पर्धा गर्न लागेको हो । आज नेपाल टेस्ट राष्ट्रविरुद्ध पहिलो जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रँदैछ ।

नेपालले विश्वकप छनोटमा समूह चरणमा टेस्ट राष्ट्रविरुद्धको खेलमा आयोजक जिम्बाबे र वेस्ट इन्डिजविरुद्ध हार बेहोरेको थियो । आयरल्यान्ड पनि ४ खेलमा ३ मा हार र १ मा जितसहित चौथो स्थानमा रहेर समूह बी बाट बाहिरिएको थियो ।

नेपालले यसअघिको खेलमा यूएईलाई पराजित गरेको थियो । प्रतियोगितामा नवौँ र दशौँ स्थानका लागि बिहीबार यूएई र अमेरिका भिड्नेछन् ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update