Kath khabar
श्रमिकलाई सुरक्षा दिने गरि आएको सामाजिक सुरक्षा योजनामा बैंककै कर्मचारीको विरोध

काठमाडौं, असार ४ । श्रमिक बैसमा काममा गर्ने र बुढेसकालमा गास बिहिन हुने अवस्थाको अन्त्य गर्न सरकारले सामाजिक सुरक्षा योजना ल्याएपनि यसमा बैंकमा काम गर्ने कर्मचारीले भने बिरोध जनाएका छन् ।

तत्कालका लागि राम्रो सेवा सुविधा पाएको भन्दै उनिहरुले सरकारी योजना बिफल बनाउन खोजेका छन् । जबकी दुर्घटनामा परेर ज्याउन गुमाउने बैंककै कर्मचारी भने फेरी सहाराको लागि सामाजिक सुरक्षा कोषमा आउनु पर्ने बाध्यता छ ।

गत जेठ १८ गते सामाजिक सुरक्षा कोषले वाणिज्य बैंकका सिइओहरुको छाता सँगठन बैंकर्स एसोसिएसन्लाई पत्र लेख्दै कोषमा आवद्ध हुन आग्रह गर्याे । तर, यता बैंकका कर्मचारीहरु भने आफुहरुले अहिले बैंकबाट अवकाश पाउँदा राम्रो सेवा सुविधा पाउँदै आएको सामाजिक सुरक्षा कोषमा जाँदा घाटा लाग्ने भन्दै बाध्य नपार्न भनिरहेका छन् । साथै उनिहरुले सरकारले बाध्य पारे आफुहरु आन्दोलनमा उत्रने समेत चेतावनी दिएका छन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत सामाजिक सुरक्षा कोषमा आवद्ध कर्मचारीहरुको जेठ र असार महिनामा श्रमीक र रोजगारदाताले जम्मा गर्नुपर्ने रकम आफै राखिदिने बताएको छ ।

जेठ १५ मा सरकारले यस्तो घोषणा गरेपछि जेठ १८ गते सामाजिक सुरक्षा कोषले  एक पत्र लेख्दै बैंकर्स एसोसिएसन्को मातहतमा रहेका सबै संस्थालाई कोषमा आवद्ध हुन भन्यो । तर त्यसको भोलिपल्टनै बैंक तथा वित्त कम्पनीमा काम गर्ने कर्मचारीको मजदुर संगठन नेपाल वित्तीय संस्था कर्मचारीसंघले सामाजिक सुरक्षा कोषमा बैंकका कर्मचारीलाई आवद्ध गराउन बाध्य पार्न नहुने भन्दै बिज्ञप्ती निकाल्यो ।

बिज्ञप्तीको अन्त्यतिर सरकारले यसमा बाध्य पारे आफुहरु आन्दोलनमा उत्रने सम्म धम्की दिएको छ । बैंक तथा वित्त संस्थामा रहेका कर्मचारीहरुले अहिले नै राम्रो सेवा सुविधा पाइरहेको उनिहरुको तर्क छ ।

आफुहरुले पाएको राम्रो तलबबाट सरकारले रकम जम्मा गरेर कोष चलाउन खोजेको उनिहरुको आरोप छ । कमाएको सम्पत्तिबाट कुन योजनामा समाबेश हुने भन्ने ब्यक्तिले रोज्न पाउनुपर्ने र सरकारले बाध्य पार्न नहुने उनिहरुको भनाई छ । अहिले आफुहरुले राम्रो सेवा सुविधा पाएको र सामाजिक सुरक्षामा जाने बित्तिकै त्यस्तो सुविधामा कटौति हुने उनिहरुको भनाई छ ।

खाइपाई आएको सुविधामा कटौति हुने नगरि व्यवस्था गरिएको कोष बताउँछ । तर, यो कुरा उसले कर्मचारीलाई बुझाउन सकेको छैन। बढि पाइरहेको रकम सम्बन्धित प्रतिष्ठानले उपलब्ध गराउनुपर्ने कोष बताउँछ । बैंक तथा वित्त संस्थाका कर्मचारीले अहिले ३६ प्रतिशतसम्म कर तिर्छन् ।

सञ्चयकोष अथवा अन्य कोषमा तीन लाख वा तलबको ३३ प्रतिशत मध्ये जुन कम त्यो रकम काटेर कर तिर्नुपर्छ । अरु करयोग्य हुन्छ । तर सामाजिक सुरक्षा कोषमा ५ लाख सम्म घटाउन सक्छ । थप दुई लाख कर छुट पायो । यसबाहेक १ प्रतिशत सामजिक सुरक्षा कर बापत तिर्दै आएको कर पनि कोषमा सामेल भएसँगै बुझाउन पर्दैन । तर यस बारेमा कोषले पनि प्रष्ट्याउन सकेको छैन ।

अहिले नागरिक सञ्चय कोषमा आवद्ध हुँदा नै राम्रो सेवा सुविधा पाएको उनिहरुको तर्क छ । तर, सञ्चयकोषले दुर्घटना र अशक्तता हुँदाका बखत कुनै पनि सेवा दिदैन तर, कामको सिलसिलामा दुर्घटना भएमा सम्पुर्ण खर्च ब्यहोर्ने देखि अशक्तता भएमा पारिश्रमिकको ६० प्रतिशतसम्म रकम मासिक रुपमा प्रदान गर्छ ।

बैंकका कर्मचारीहरुले आफुहरुले राम्रो सेवा सुविधा पाउँदै आएको दाबी  गरेपनि उनिहरुका आश्रित परिवार अहिले पनि सामाजिक सुरक्षा कोषमा हारगुहार गर्न  जानुपर्ने स्थिती छ । गत वर्ष सनराइज बैंककी कर्मचारी सनाज खतिवडाको  मृत्युपश्चात उनका बुबा र आमाले सामाजिक सुरक्षा योजनाबाट पाउनुपर्ने सेवासुविधा दाबी गर्दै कोषमा आएका थिए ।

त्यस्तै ग्लोबल आइएमई बैंकका कर्मचारी अनन्तकुमार आचार्यको गत फागुन ८ गते दुर्घटनामा मृत्यु भएपछि उनकि पत्नीले आफू सुविधाबाट वञ्चित हुनुपरेको भन्दै कोषमा उजुरी दिएकी थिइन् ।

दुबै बैंक सामाजिक सुरक्षा कोषमा आवद्ध नभएकाले कोषले यि दुबै कर्मचारीको आश्रित परिवारले पाउनुपर्ने रकम सम्बन्धित संस्थालाई नै दिन सुझाव दिएको छ । यि आश्रित परिवारलाई रकम दिलाउनुको साटो ट्रेड युनियन भने यसलाई कोषको षडयन्त्रका रुपमा लिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update