Kath khabar
नेप्सेमा १२ अंकले वृद्धि, सबै सूचक हरियो



                    काठमाडौं, असार १९ । नेप्से बढेको छ । अघिल्लो दिन घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने १२ दशमलव ७३ अंकले बढेर दुई हजार ८८ दशमलव ७० अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव २८ अंकले बढेर तीन सय ८८ दशमलव ६२ अंकमा पुग्न सफल भएको छ । नेप्सेमा दुई सय ८२ वटा कम्पनीहरूको ४६ हजार सात सय ३१ पटकको कारोबारमा ६४ लाख ५० हजार नौं सय ३४ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम दुई अर्ब ५७ करोड ६१ लाख ४० हजार एक सय २८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज कारोबार भएका १३ वटा समूहहरू मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका सबै समुहहरूको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सिटी होटल लिमिटेड, कुमारी इक्विटी फण्ड आदिको शेयर मूल्य बढेका छन् भने बिपीडब्लु लघुवित्त वित्तीय संस्था, पञ्चकन्यामाई हाइड्रोपावर कम्पनी, किसान लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य भने घटेका छन् । नागरिक लगानी कोष, एनएलजी इन्स्योरेन्स कम्पनी, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी आदिको भने आज बढी रकम कारोबार भएका छन् ।  

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update