नेपालले आयरल्याण्डलाई दियो २ सय ६९ रनको लक्ष्य
काठमाडौं, असार १९ । आइसिसी एकदिवसीय विश्वकप छनोटको प्लेअफ अन्तर्गत सातौं स्थानको लागि जारी खेलमा नेपालले टेस्ट राष्ट्र आयरल्यान्डलाई २ सय ६९ रनको लक्ष्य दिएको छ ।
सन्दीप लामिछाने र गुलशन झाको उत्कृष्ट ब्याटिङमा नेपालले आयरल्यान्डलाई २ सय ६९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो ।
जिम्बावेको ताकाशिंका क्रिकेट स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९विकेट गुमाउँदै २ सय ६८ रन बनायो । कप्तान रोहित पौडेलले २९ रन जोड्दा, भीम सार्की २०, कुशल मल्ल ४४, सन्दीप लामिछाने ३२ रन बटुल्दै आउट भए।
आयरल्यान्डका ब्यारी म्याकार्थीले १० ओभरमा १ मेडनसहित ६३ रन खर्चेर २ विकेट लिए । मार्क आदिरले ९ ओभरमा १ मेडनसहित ४७ रन खर्चेर २ विकेट लिए ।
प्रकाशित मिति: मंगलबार, असार १९, २०८० १६:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय