Kath khabar
पत्रकार प्यासीद्वारा सडकमा भेटेको सामान सम्वन्धित व्यक्तिलाई हस्तान्तरण

 


                  भक्तपुर, २० असार । भक्तपुरको बालकोट चोक नजिक मूल सडकमा असार १८ गते फेला पारेको लत्ता कपडासहितको झोला पत्रकार बलराम प्यासीले सम्बन्धित धनीलाई बुझाइदिएका छन् ।

प्यासीले सुर्यविनायक-२ का वडाध्यक्ष एवम् अधिवक्ता प्रदिप कार्की तथा बालकोट प्रहरी प्रभागकी प्रहरी सहायक निरीक्षक ज्योति खडकाको रोहवरमा मंगलबार वडा कार्यालयमा सो सामान सम्वन्धित व्यक्ति सचेत चुडाललाई हस्तान्तरण गरेका हुन् ।

भेटिएका लत्ता कपडासहितको झोलामा रहेका सामानको बजार मूल्य करीव २२ हजार रहेको छ । प्यासीले सो सामान असार १८ गते सोमबार अपरान्ह २ बजेतिर बालकोटको आशलाल चोकको मुल सडकमा फेला पारेको बताएका छन् ।

भेटिएको सामान वडा कार्यालयमा रहेको जानकारी वडाध्यक्ष कार्कीले सोही दिन तस्वीरसहित सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।  चुडालले ती सामान बुधबार नै कुरियर गरी बुटबल पठाइदिएको बताएका छन् ।

सडकमा खसेको सामान वडा कार्यालयमा ल्याएर बुझाईदिएकोमा वडाध्यक्ष कार्कीले पत्रकार प्यासीलाई धन्यवाद व्यक्त गरे ।

 

 

 

 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update