Kath khabar
झण्डै ४० अंकले घट्यो नेप्से, सबै सूचक रातै


                    काठमाडौं, असार २० । नेप्से उच्च अंकले घटेको छ । आज बुधबार नेप्से ३९ दशमलव २६ अंकले घटेर दुई हजार ४९ दशमलव ४४ अंकमा सीमित हुन पुगेको छ ।

यसैगरी सेन्सिटिभ पनि पाँच दशमलव ८९ अंकले बढेर तीन सय ८२ दशमलव ७४ अंकमा सीमित भएको छ । नेप्सेमा आज दुई सय ७७ वटा कम्पनीहरुको ५३ हजार एक सय तीन पटकको कारोबारमा ८० लाख ९२ हजार नौ सय ६९ कित्ता शेयर खरिद बिक्री भएका छन्  । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम तीन अर्ब सात करोड ३९ लाख ९२ हजार एक सय ३६ रुपैयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका १३ वटै समुहहरुको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।  

कारोबार भएका कुल कम्पनीहरु मध्ये सिटी होटल लिमिटेड, रावा इनर्जी डेभलपमेन्ट लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने बिपी डब्लु लघुवित्त वित्तीय संस्था, मोदी इर्नर्जी लिमिटेड आदिको  शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने शिवम् सिमेन्ट, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, नेपाल फाइनान्स, सोल्टी होटल लिमिटेड आदि परेका छन् । 

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update