Kath khabar
आज १० वर्षयताकै लामो दिन : पृथ्वी सूर्यबाट सबैभन्दा टाढा हुने तथा गर्मी बढ्ने

 

                      काठमाडौं, असार २१ । आज दस वर्षयताकै लामो दिन तथा पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो र अत्यधिक गर्मी हुने दिन रहेको छ ।

बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले सो कुराको जानकारी दिएको हो । बिहीबार पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो दिन र अत्यधिक गर्मी हुने दिन रहेको समितिले जानकारी दिएको छ । पृथ्वी वर्षमा एक पटक सूर्यको सबैभन्दा टाढा पुग्ने गरेको र पृथ्वी सूर्यको टाढा पुग्दा यसको गति कम हुने समितिले जनाएको छ ।

आज सूर्य र पृथ्वी बिचको दुरी करिब १५ करोड २० लाख किलोमिटर हुनेछ । पृथ्वी सूर्यभन्दा टाढा पुग्ने क्रियालाई सूर्यदुरुस्थ भनिन्छ । सूर्यबाट टाढा पुग्दा पृथ्वीको घुम्ने गति पनि कम हुने हुँदा दिन लामो हुन जाने समेत बताउनुभयो । सूर्यको नजिक पुग्दा पृथ्वीको घुम्ने गति छिटो हुन्छ ।

पृथ्वी सूर्यबाट सबैभन्दा टाढाको बिन्दुमा पुगेको समयमा सबैभन्दा बढी गर्मी हुने समेत समितिका कार्यकारी निर्देशक डा. शर्माको भनाई छ। आज पृथ्वी सूर्यबाट टाढा रहे पनि २३.५ डिग्री सूर्यतिर झुक्ने हुँदा यसले सूर्यको पूर्ण चमक र प्रकाशलाई अत्यधिक ग्रहण गर्न सक्षम हुन्छ र उत्तरी ध्रुवमा सबैभन्दा बढी गर्मी अनुभूति हुन्छ ।

उत्तरी ध्रुवमा पृथ्वीको ९० प्रतिशत व्यक्ति बसोबास गर्छन् भने १० प्रतिशत मात्र दक्षिणी ध्रुवमा बसोबास गर्छन् । यही समयमा सूर्यबाट टाढा झुकेको हुनाले दक्षिणी ध्रुवमा दिन छोटो, रात लामो र चिसो हुन जान्छ ।

 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update