Kath khabar
अवैधरुपमा ल्याइएको १९ हजार आठ सय अमेरिकी डलरसहित ग्वार्कोबाट श्रेष्ठ पक्राउ



                   काठमाडौं, असार २१ । अवैध रुपमा विदेशी विनिमय (अमेरिकन डलर) को कारोबार गर्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले अवैधरुपमा अमेरिकी डलरको कारोबार गरेको आधारमा जिल्ला ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. १७ ग्वार्को बस्ने ३४ वर्षीय सनमोहन श्रेष्ठलाई पक्राउ गरेको जानकारी दिएको छ ।

केही व्यक्तिहरुले विदेशी विनिमय (अमेरिकन डलर) को अवैधरुपमा ओसारपसार गरी कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा कार्यालयबाट खटिएको टोलीले यही असार १९ गते ल.पु.म.न.पा वडा नं. ६ वकुवहालबाट सनमोहन श्रेष्ठलाई एक सय दरको अमेरिकन डलर एक सय ९८ थानको जम्मा अमेरिकी डलर १९ हजार आठ सय सहित पक्राउ गरिएको गरिएको उक्त कार्यालयले जानकारी दिएको छ ।

पक्राउ परेका श्रेष्ठलाई विदेशी विनिमय सम्बन्धी कसूरमा थप आवश्यक अनुसन्धान कारवाहीको लागि राजस्व अनुसन्धान विभाग, पुल्चोक, ललितपुरमा पठाइएको जानकारी पनि उक्त कार्यालयले दिएको छ ।  

 

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update