Kath khabar
एसईई परीक्षाको नतिजा सार्वजनिक,  ए प्लस ल्याउने विद्यार्थीको सङ्ख्या २२ हजार ४७५

 

                     भक्तपुर, असार २१ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । एसईईको नतिजा प्रकाशनका लागि केही समय अघिबाट बोर्ड बैठक सुरु भएको थियो । बोर्डको बैठक समापन पश्चात् पत्रकार सम्मेलन गरेर नतिजा प्रकाशन गरिएको हो ।

प्रकाशित नतिजा अनुसार ९० देखि १०० प्रतिशत ल्याउने अर्थात् ए प्लस जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या  २२ हजार ४७५ छ । यो एसईईमा सहभागी कुल विद्यार्थी सङ्ख्याको चार दशमलव ६३ प्रतिशत हो ।

गत वर्ष लेटर ग्रेडिङ निर्देशिका–२०७८ कार्यविधि लागू भए पनि २०७२ अनुसार नै नतिजा प्रकाशित गरिएको हो । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए ।

नतिजा हेर्नका लागि यि लिंकहरु उपलब्ध छन् -

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update