काठमाडौं, असार २१ । नेप्से झिनो अंकले घटेको छ । आज बिहीबार नेप्से शुन्य दशमलव शून्य छ अंकले घटेर दुई हजार ४९ दशमलव ३८ अंकमा सीमित भएको छ ।
सेन्सिटिभ भने आज शून्य दशमलव ५८ अंकले घटेर तीन सय ८२ दशमलव १६ अंकमा सीमित भएको छ । नेप्सेमा आज दुई सय ८० वटा कम्पनीहरुको ६९ हजार छ सय ५५ पटकको कारोबारमा ९७ लाख ५१ हजार नौं सय ८५ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम तीन अर्ब सात करोड ७४ लाख ९८ हजार तीन सय १५ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएकोमा वाणिज्य बैंक, निर्जीवन बीमा, फाइनान्स, लगानी, लघुवित्त, सामूहिक लगानी कोष र अन्य सहितका सात वटा समुहहरूको सूचक घटेका छन् भने विकास बैंक, जीवन बीमा, जलविद्युत, होटल तथा पर्यटन, उत्पादनमूलक ट्रेडिङ सहितका छ वटा समुहहरूको सूचक बढेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये सिटी होटल लिमिटेड, रावा इर्नर्जी डेभलपमेन्ट कम्पनी, बरुण हाइड्रोपावर कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने मोदी इर्नर्जी लिमिटेड, बिपी डब्लु लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम् सिमेन्ट, सिटी होटल लिमिटेड, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।