तुलसीपुर, असार २१ । लत्रिएको विद्युतको तारबाट गुडिरहेको यात्रुबहाक बसमा करेन्ट लाग्दा ३ जनाको मृत्यु भएको छ।
तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज केसीका अनुसार रोल्पाको गङ्गादेव गाउँपालिका-४ निवासी ७० वर्षका बालाराम डाँगी र उनका छोरा ४५ वर्षीय टोपलाल डाँगीको बसको सिटमै मृत्यु भएको थियो भने सख्त घाइते गाडी धनी सल्यान छत्रेश्वरी गाउँपालिका-६ राणागाउँ निवासी अञ्दाजी ३७ वर्षीय महेन्द्र ओलीको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
दाङबाट रोल्पा जाँदै गरेकोे रा १ ख ८३४ नं को बसमा आज बिहान १०ः१५ बजेतिर कपुरकोट गाउँपालिका-३ चोरखोलामा पुग्दा लत्रेको तारबाट करेन्ट प्रवाह भएको थियो। सडकमा लत्रिएको ११ हजार भोल्टेजको विद्युतको तारले गाडीको पछाडीको भागमा छुदा करेन्ट लागेको प्रहरीले बताएको छ। उक्त बसमा २७ यात्रु सवार थिए।