Kath khabar
छात्रवृत्ति निर्धारणका लागि कक्षा ११ मा विद्यार्थी भर्ना संख्या बुझाउन काठमाडौं महानगरको निर्देशन

                  

              काठमाडौं, असार २२ ।  काठमाडौं महानगरपालिकाले छात्रवृत्ति निर्धारण गर्ने प्रयोजनका लागि कक्षा ११ मा भर्ना गरिएको विद्यार्थीको संख्या विवरण बुझाउन सूचना जारी गरेको छ।

एसइईको नतिजा प्रकाशित भइसकेको भन्दै महानगरले केही विद्यालयले फरक फरक भर्ना तालिका तय गरेर छोटो अवधिको सूचना प्रकाशन गर्ने गरेको अनुभव भएकाले भन्दै यसबाट दुर्गम क्षेत्रबाट भर्नाका लागि काठमाडौँ आउने विद्यार्थीहरुले आवेदन दिने अवसरबाट बञ्चित भएको गुनासोप्रति महानगरको ध्यानाकर्षण भएको उल्लेख गरेको छ  ।

साथै महानगरले आज प्रकाशित गरेको अर्को सूचनामा कक्षा ११ मा छावृत्तिका लागि भर्ना हुने विद्यार्थीको संख्या यही असार मसान्तभित्र महानगरमा पठाउने समेत आग्रह गरेको छ । भर्ना हुने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन आवश्यक भएकाले विवरण पठाउन महानगरले निर्देशन दिएको हो ।

यसका लागि  महानगरपालिकाको वेब पेजमा रहेको गुगल फर्म भरेर पठाउन सकिने महानगरले जानकारी दिएको छ ।

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update