काठमाडौं, असार २२ । मेटाका सीईओ मार्क जुकरबर्गले थ्रेड्स एप सुरु गरेका छन् । थ्रेड्स एपलाई जुकरबर्गले ट्विटरको विकल्पका रूपमा डिजाइन गरेका हुन्, जुन आगामी दिनमा मस्क र ट्विटरका लागि टाउको दुखाइ बन्न सक्छ ।
यो एक एक टेक्स्ट-आधारित सोशल मिडिया एप हो । बिहीबारदेखि यो एप आईओएस र एन्ड्रोइडमा एकसाथ आएको छ। ६ जुलाईमा लन्च भएको यो एप दुई घण्टामै २० लाखभन्दा बढीले यसमा साइन अप गरेका छन् । विश्वका १०० देशमा उपलब्ध भएको यो एप युरोपमा भने छैन ।
जुकरबर्ग र ट्वीटरका मालिक एलन मस्क दुवै जनाका कम्पनीहरू औपचारिक रुपमा नै प्रतिस्पर्धामा उत्रिएका छन् । मेटाले थ्रेडलाई एउटा छुट्टै एपको रुपमा ल्याएको भए पनि यो एप इन्स्टाग्राम अकाउन्टमा आधारित छ । थ्रेडसमा तपाईंले वेब लिङ्कहरू, फोटोहरू एक पटकमा १० वटासम्म र एक मिनेटसम्मको भिडियोहरू तथा ५०० सम्मका शब्दहरू पोस्ट गर्न सकिनेछ । थ्रेडसमा कसैलाई ब्लक, फलो र रिपोर्ट गर्न पनि सकिन्छ । यदि तपाईंले ट्विटर प्रयोग गर्नुभएको छ भने तपाईंलाई थ्रेडसमा कुनै समस्या हुने छैन । यो पुरानो ट्विटर संस्करण जस्तै छ ।
मेटालाई ट्विटरका पूर्व कर्मचारी काममा राखेर दुरुस्तै ट्वीटर जस्तै एप बनाउन कम्पनीको ‘ट्रेड सिक्रेट’ र निकै संवेदनशील जानकारी चोरेको आरोप लगाउदै एक्स कर्पोरेसनले मेटा विरुद्ध मुद्दा हाल्ने चेतावनी दिएको छ । ट्विटरको प्रतिनिधित्व गर्ने एक वकिलले मेटाका सीईओ मार्क जुकरबर्गलाई एक पत्र पठाए जसले कम्पनीलाई ट्विटरका पूर्व कर्मचारीहरूलाई काममा राखेर व्यापार गोप्य चोरी गरेको आरोप लगाएका थिए ।
ट्विटरका मालिक एलोन मस्कका बाहिरका वकिलको पत्रले मेटाले 'ट्विटरको व्यापार गोप्य र अन्य बौद्धिक सम्पत्तिको व्यवस्थित, जानाजानी र गैरकानूनी दुरुपयोगू मा संलग्न भएको आरोप लगाएको छ। रिपोर्टको जवाफमा, मस्कले ट्वीट का छन् - ‘प्रतिस्पर्धा ठिक छ, तर धोका दिनु गलत हो ।