काठमाडौं, असार २२ । जिम्बावेमा भएको आइसिसी विश्वकप छनोट खेलमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किएका छन् ।
विश्वकप क्रिकेटको सुपर सिक्समा पुग्न नसकेको नेपाल १० टिम सहभागी प्रतियोगितामा आठौं हुँदै स्वदेश फर्केको हो । टोलीलाई शुक्रबार नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी तथा क्रिकेट समर्थकले विमानस्थलमा स्वागत गरेका छन् ।
विश्वकप छनोटमा नेपालले दुई जित र चार हार प्राप्त गर्दै १० राष्ट्र सहभागी प्रतियोगितामा आठौं बन्यो । प्रतियोगितामा नेपाल समूह चरणमा जिम्वाबे, वेस्टइन्डिज र नेदरल्यान्डसँग पराजित भएको थियो भने नेपालले अमेरिकालाई पराजित गरेको थियो । प्लेअफ खेलमा नेपालले युएईलाई हराएको थियो ।
सुपर ६ मा पुग्ने लक्ष्य बोकेर गएको नेपालले खेलेका ६ म्याचमध्ये ३ वटा म्याच टेस्ट मान्यताप्राप्त राष्ट्रविरुद्ध थिए । उनीहरुविरुद्ध खेलेका कतिपय खेलहरु गर्व गर्न लायक थिए ।
नेपाल आयरल्यान्डसँग पराजित हुँदै आठौँ स्थानमा प्रतियोगिता टुङ्ग्याएको थियो । विश्वकप छनोटमा विभिन्न १० टोली सहभागी थिए ।