काठमाडौं, असार २२ । अभिनेता सारुक ताम्राकारको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
अन्त्येष्टिअघि सारुकको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । उनलाई श्रद्धाञ्जली दिन शुक्रबार अपरान्ह थुप्रै फिल्मकर्मीहरू आर्यघाट पुगेका थिए । बुबा सानु ताम्राकारले सारुकको पार्थिव शरीरमा दागबत्ती दिएका थिए ।
सारुक काठमाडौंको रातोपुलस्थित आफ्नै घरमा बिहीबार राति ११ बजे झुण्डिएको अवस्थामा ताम्राकार मृत फेला परेका थिए। प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनको मृत्यु आत्महत्याबाट भएको बताएपनि थप अनुसन्धान हुने जनाएको छ ।
बिहिबार बिहानसम्म सारुक फिल्म ‘ह्यासट्याग माया’को छायांकनमा व्यस्त भएके बताइएको छ। सारुकले ‘रानी’, ‘इन्टु मिन्टु लण्डनमा,’ ‘मेरी मामु’, ‘नमारी बाँचे’ जस्ता चर्चित चलचित्रमा अभिनय गरेका छन् ।’ उनले ‘ह्याप्पी न्यू इयर’ र ‘थर्स्टी’ जस्ता सर्ट फिल्ममा पनि काम गरेका छन् ।