Kath khabar
ओख्रेनी र मुलखर्कका विद्यार्थीहरुलाई गोकर्णेश्वर नगरपालिकाले निःशुल्क यातायातको व्यवस्था गर्ने

 

                  काठमाडौं, असार २४ । काठमाडौं जिल्ला भित्रको दुर्गम भेक भनेर चिनिने गोकर्णेश्वरको ओख्रेनी र मुलखर्कवासीलाई गोकर्णेश्वर नगरपालिकाको ११ औँ नगर सभाले विशेष सम्बोधन गरेको छ । दुर्गम गाउँ जस्तो यातायात र अन्य सेवाको समस्या भोग्दै आएका ओख्रेनी र मुलखर्कका विद्यार्थीहरुलाई गोकर्णेश्वर नगरपालिकाले सहयोग गर्ने घोषणा गरेको छ ।

आव २०८०/८१ का लागि गोकर्णेश्वर नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा वडा नं १ मा रहेका ओख्रेनी र मुलखर्कका विद्यार्थीहरुलाई निःशुल्क यातायातको व्यवस्था गर्ने घोषणा गरिएको छ। माध्यमिक र उच्च शिक्षा हाशिल गर्नका लागि घन्टौ हिडेर वा शहरी क्षेत्रमा कोठा भाडामा लिनुपर्ने बाध्यताबाट पिडित विद्यार्थीहरुले नगरपालिकाबाट निःशुल्क यातायात सेवा प्राप्त गरे संगै निकै ठूलो राहत हुने स्थानीयहरुले बताएका छन ।

राष्ट्रिय निकुन्ज क्षेत्रमा रहेका ति स्थानहरुमा अहिले आधारभूत तह सम्म मात्र विद्यालय संचालनमा रहेका छन भने मावी र उच्च शिक्षा हाशिल गर्न सुन्दरीजल,गोकर्ण वा जोरपाटी लगायतका स्थानमा आउनु पर्ने बाध्यतामा विद्यार्थीहरु रहेका छन। निकुन्ज क्षेत्रमा नियमित आवत जावतमा समस्या र यातायातको सेवा अनियमित र मौसमी हुँदा ती स्थानका स्थानीयहरु विस्थापित हुने क्रम बढिरहेको बेलामा नगरपालिकाको निर्णयले स्थानीयहरुलाई लाभान्वित गर्ने स्थानीयहरुको भनाइ रहेको छ ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update