प्रधानमन्त्रीले संसद्मा स्पष्टीकरण दिने भएसँगै संसद् अवरोध खुल्यो
काठमाडौं, असार २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा स्पष्टीकरण दिने भएसँगै संसद् अवरोध खुलेको छ।
आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको शीर्ष तीन दलको बैठकमा प्रधानमन्त्रीले उक्त अभिव्यक्तिबारे संसद्मा स्पष्टीकरण दिने र प्रतिपक्षी दलले सदन अवरोध हटाउने सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। अब प्रतिनिधिसभाको बैठक अहिले ३ बजे बस्दैछ।
प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भनेर अभिव्यक्ति दिएपछि प्रधानमन्त्रीको राजीनामाको अडान राख्दै एमालेले ४ दिनदेखि लगातार प्रतिनिधिसभा र राष्ट्रियसभा अवरोध गर्दै आएको थियो ।
प्रकाशित मिति: आइतबार, असार २४, २०८० १३:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय