Kath khabar
एकै दिन २८ अङ्कले बढ्यो नेप्से, सबै सूचक हरियो



             काठमाडौं, असार २४ । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से उच्च अंकले बढेको छ । नेप्से आज २८ दशमलव ३८ अंकले बढेर दुई हजार ७७ दशमलव ७६ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ पनि छ दशमलव ३५ अंकले बढेर तीन सय ८८ दशमलव ५१ अंकमा पुग्न सफल भएको छ । नेप्सेमा आज दुई सय ८७ वटा कम्पनीहरूको ७३ हजार चार सय ४६ पटकको कारोबारमा ८३ लाख ५२ हजार पाँच सय ७६ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम तीन अर्ब चार करोड २५ लाख ४३ हजार नौं सय ६१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ सहितका सबै समुहहरूको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये रावा इर्नर्जी डेभलपमेन्ट कम्पनी, सिटी होटल लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने अपर तामाकोसी हाइड्रो पावर कम्पनी, बिपी डब्लु लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् । यसैगरी हिमालयन लाईफ इन्स्योरेन्स कम्पनी, शिवम् सिमेन्ट आदिको भने आज बढी रकम कारोबार भएका छन् ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update