युरोप, ४ असार । कोपा अमेरिकामा ब्राजिलले लगातार दोस्रो जीत हात पारेको छ । आज भएको खेलमा ब्राजिलले पेरु माथि चार शुन्य गोलको प्रभावशाली जीत हात पार्यो ।
ब्राजिलियन प्रशिक्षक टिटेले, आज अघिल्लो खेलमा भेनेजुएलालाई तीन शुन्य गोलले पराजित गरेको टोलीमा ६ परिवर्तन गर्नुभएको थियो । यसका बावजुत पनि बलियो सुरुवाती एघार सहित मैदानमा उत्रिएको ब्राजिलले सहज जीत हात पार्यो । यसका लागि १२ औं मिनेटमा गाब्रिएल जेसुसको पासमा एलेक्स सान्द्रले गोलको खाता खोल्नु भयो । ६० औं मिनेटमा नेइमारलाई फाउल गरेपछि ब्राजिललाई सुरुवातमा रेफ्रिले पेनाल्टि दिनुभएको थियो । तर भिडियो रिभ्यु पछि पेनाल्टिी भएन । ६८ औं मिनेटमा नेइमारले अग्रता दोब्बर बनाउनुभयो । उहाँले राष्ट्रिय टिमका लागि पछिल्लो पाँच खेलमा यो पाँचौ गोल हो । ८९ औं मिनेटमा सब्सिच्युट एभर्टन रिबेरोले गोल गरेपछि घरेलु टोली तीन शुन्यले अघि रहेको थियो । इन्जुरी समयमा अर्को सब्सिच्युट रिचार्लिसनले गोल गर्र्दै ब्राजिल चार शुन्यको शानदार जीत हात पार्न सफल हुनु भयो ।
अघिल्लो संस्करणमा ब्राजिलले पेरुलाई नै फाइनलमा हराएर उपाधी उचालेको थियो । पेरुको जारी कोपामा यो पहिलो खेल हो । समुह ए मा रहेको ब्राजिलको दुई खेलबाट अंक ६ भएको छ ।
यता अर्को खेलमा भने कोलम्बिया भेनेजुएलासंग गोल रहित बराबरीमा रोकिएको छ ।