Kath khabar
नेप्सेमा शून्य दशमलव ८० अंकले गिरावट, तीन अर्ब ७९ करोड ७९ लाखको शेयर कारोबार


                    काठमाडौं, असार २५ । नेप्से घटेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से आज सोमबार शून्य दशमलव ८० अंकले घटेर दुई हजार ७६ दशमलव ९५ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ भने शून्य दशमलव ११ अंकले बढेर तीन सय ८८ दशमलव ६२ अंकमा चढेको छ ।

आज नेप्सेमा दुई सय ९३ वटा कम्पनीहरूको ६५ हजार तीन सय १७ पटकको कारोबारमा एक करोड ११ लाख ८३ हजार तीन सय ३५ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम तीन अर्ब ७९ करोड ७९ लाख ८६ हजार पाँच सय ८३ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, जीवन बीमा, निर्जीवन बीमा, विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत सहितका सात वटा समुहहरूको सूचक घटेका छन् भने फाइनान्स, उत्पादनमूलक, लगानी, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सूचक बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज रावा इनर्जी डेभलपमेन्ट कम्पनी, गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने हिमालयन हाइड्रो पावर लिमिटेड, सिटी होटल लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने सोल्टी होटल लिमिटेड, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन ।

 

 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update