समाज दर्पण
अभद्र र अमानवीय व्यवहार गर्ने १२ नगर प्रहरी कारबाहीमा
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार यस क्रममा ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाइएको छ । स्थायी सेवामा रहेका ५ जनालाई निलम्बन गरिएको छ
काठमाडौं, असार २६ । काठमाडौं महानगरपालिकाले विभिन्न समयमा सडक व्यापारीहरूसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गरेको छ। महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार यस क्रममा ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाइएको छ । स्थायी सेवामा रहेका ५ जनालाई निलम्बन गरिएको छ ।
‘अमानवीय व्यवहार देखिए पछि हामीले यसअघि १२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरिसकेका छौँ । यसका साथै जनस्तरका आएका गुनासाको अध्ययन गरेर गल्ती गर्ने नगर प्रहरीलाई कारबाही गर्ने गरेका छौँ,’ पाण्डेको भनाइ छ ।
यसप्रकारका घटना दोहोरिन नदिन क्षेत्रमा खटिएका प्रहरीहरूलाई केन्द्रीय कार्यालयमा बोलाएर आचरण सम्बन्धी तालिम दिन थालिएको पाण्डेको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, असार २६, २०८० १३:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय