ललिता निवास प्रकरण : मालपोतका नासु र खरिदार सहित थप २ जना पक्राउ
पौडेल त्यतिवेला डिल्लीबजार मालपोतका नासु तथा मिश्र खरिदार थिए। यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ
काठमाडौं, असार २६ । ललिता निवास जग्गा हिनामिनामा संलग्न थप २ जना कर्मचारी पक्राउ परेका छन्। सिआइबीले मंगलबार योगराज पौडेल र नारायणदत्त मिश्रलाई पक्राउ गरेको हो ।
उनीहरू ०४९ सालमा १ सय १२ रोपनी जग्गा हिनामिनामा संलग्न रहेको सिआइबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए। पौडेल त्यतिवेला डिल्लीबजार मालपोतका नासु तथा मिश्र खरिदार थिए। यससँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, असार २६, २०८० १३:१५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय