Kath khabar
चार अंकले घट्यो नेप्से, कमाउने भन्दा गुमाउने समुह धेरै



               काठमाडौं, असार २६ । नेप्से घटेको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से चार दशमलव ७३ अंकले घटेर दुई हजार ७२ दशमलव २४ अंकमा पुगेको छ भने सेन्सिटिभ शुन्य दशमलव २५ अंकले बढेर तीन सय ८८ दशमलव ८६ अंकमा चढेको छ ।

नेप्सेमा आज दुई सय ८३ वटा कम्पनीहरुको ५४ हजार नौं सय ४३ पटकको कारोबारमा ७९ लाख ८८ हजार नौं सय ८६ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब ८५ करोड ९४ लाख ९० हजार चार सय ९० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये वाणिज्य बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, जलविद्युत, होटल तथा पर्यटन, लगानी, लघुवित्त, अन्य ट्रेडिङ समुहहरुको सूचक घटेका छन् भने विकास बैंक, फाइनान्स, उत्पादनमूलक र सामूहिक लगानी कोष समुहको सूचक बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज हिमालयन पावर पार्टनर लिमिटेड, रावा इनर्जी डेभलपमेन्ट कम्पनी, लिबर्टी इनर्जी कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने सिङ्गटी हाइड्रो पावर कम्पनी, युनिलिभर नेपाल लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने सोल्टी होटल लिमिटेड, शिवम् सिमेन्ट आदि परेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update