समाज दर्पण
दुर्गा प्रसाईंलाई धम्क्याएर ३० करोड मागेका रमेश गुरूङ पक्राउ
उनले केही दिनअघि प्रसाईंलाई फोन गरी ३० करोड रुपैयाँ माग गरेका थिए। तर बार्गेनिङ गर्दा ५ करोडसम्मको डिल भइसकेको थियो। रकम नदिए ज्यान मार्ने धम्की समेत दिएको प्रसाईंको आरोप छ
काठमाडौं, असार २६ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धम्क्याएर ३० करोड माग गरेको आरोपमा एक जना पुरूष पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरोले मंगलबार महाराजगन्जबाट रमेश गुरूङलाई पक्राउ गरेको एसपी सञ्जयसिंह थापाले जानकारी दिए।
उनले केही दिनअघि प्रसाईंलाई फोन गरी ३० करोड रुपैयाँ माग गरेका थिए। तर बार्गेनिङ गर्दा ५ करोडसम्मको डिल भइसकेको थियो। रकम नदिए ज्यान मार्ने धम्की समेत दिएको प्रसाईंको आरोप छ।
यसरी पैसा माग गरेको भन्ने खबर पाएपछि केही दिनदेखि सिआइबीले उनको खोजी गरिरहेको थियो। त्यही क्रममा महाराजगन्जमा उनी फेला परेका हुन्।
प्रकाशित मिति: मंगलबार, असार २६, २०८० १६:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय