काठमाडौं, असार २७ । नेप्से बढेको छ । आज बुधबार नेप्से २५ दशमलव ३१ अंकले बढेर दुई हजार ९७ दशमलव ५५ अंकमा पुग्न सफल भएको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २८ अंकले बढेर तीन सय ९२ दशमलव १५ अंकमा पुग्न सफल भएको छ । नेप्सेमा आज दुई सय ८९ वटा कम्पनीहरूको ५९ हजार पाँच सय ३९ पटकको कारोबारमा ८५ लाख चार हजार तीन सय ७८ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम तीन अर्ब १८ करोड ७६ लाख ९५ हजार सात सय ७४ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा होटल तथा पर्यटन र फाइनान्स समुहको सूचक घटेका छन् भने वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ सहितका ११ वटा समुहहरुको सूचक बढेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज शिव श्री हाइड्रो पावर कम्पनी, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने रावा इनर्जी डेभलपमेन्ट लिमिटेड, लिबर्टी इनर्जी कम्पनी आदि परेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम् सिमेन्ट, नेपाल टेलिकम आदि परेका छन् ।